२४ घण्टामा पनि खुलेन कावासोतीको सडक




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा खोल्सामा आएको बाढीका कारण सडक र कल्भर्ड भत्किए पछि अवरुद्ध भएको सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

सडक बिहीबार विहान ८ बजेदेखि अवरुद्ध भएको हो । शुक्रबार दिउँसो १ बजेसम्म सडक सञ्चालनमा आउन सकेको छैन ।




सडक अवरुद्ध हुँदा मालबहाक सवारी साधनहरु बीच बाटोमा नै रोकिएको छ । अवरुद्ध सकड खुलाउन सडक मर्मतको कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।

सडक मर्मत काम सुस्त गति अगाडि बढेको कारण बेलैमा सडक खुल्न नसकेको स्थानीयले बताएका छन् ।

 



सम्बन्धित
Loading...