ठूला उद्योगले सडक भत्काए पछि सुनवलका स्थानीयवासीहरुलाई सास्ती
गोपी ज्ञवाली –
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल ७ तगौली स्थित ठूला उद्योगहरुले सडक भत्काई भंगाला बनाएर सडक क्षतविक्षत बनाए पछि स्थानियवासीहरुले सास्ती भोग्नु परेको छ ।
सुनवल नगरपालिका वार्ड नम्बर ७ तर्गौली स्थित लक्ष्मी स्टील उद्योग र पाल्पा सिमेन्ट उद्योगका क्षमता भन्दा बढी भारवाहन गाडी संचालनमा ल्याएका कारण सुनवल ज्यामिरेदेखि तर्गौलीसम्मको सडक अनेक स्थानमा ठूला ठूला भंगालो बनाएको र समयमा मर्मत समेत नगर्ने गरेका कारण सुनवल वार्ड नम्बर ७ र ८ का स्थानीयवासीहरुले ठूलो संकट भोगेर यो सडकमा आवतजावत गर्नु पर्ने अवश्था रहेको सुनवल ७ का वडा अध्यक्ष बसन्तराज दाहालले बताए ।
देशको सुपरिचत राष्ट्रिय परिचय बनाएका पाल्पा सिमेन्ट उद्योग र लक्ष्मी स्टील उद्योगका सामान बोकेर हिड्ने बढी भार भएका गाडीहरुले सुनवल ७ को ज्यामिरेदेखि असनैया सम्मको बाटो भत्काएर ठूला ठूला खाल्डा बनाएका छन् ।
तिनै खाल्डामा परि अनेक पटक बडी भार बोकेका ठुला टकहरु समेत पसने र सडक अवरुद्ध गराएको घटना समेत हुने गरेको अध्यक्ष दहालले बताए ।
सुनवल नगरपालिका वार्ड नम्बर ७ को तरगौलीमा रहेको पाल्पा सिमेन्ट उद्योगका लागि केही मालवाहक गाडीहरु दक्षिण तर्गौली तर्फबाट र केही असनैयातर्फ गरि उद्योगमा उत्तर दक्षिण दुर्ब तर्फबाट आउने मालवाहक गाडीका कारण सुनवलका असर्नया देखी तर्गौली सम्मका ५ किलोमिटर क्षेत्रका वासीन्दाहरु गर्मीको समयमा धुलो र वर्षाको समयमा हिलोले हैरान परेको सुनवल ७ का स्थानियवासी नारायण आचार्यले बताए ।
सुनवल नगरपालिकाको वार्ड नम्बर ७ र ८ मा बसोवास गर्दै आएका करिब २० हजार जनसंख्याको आवतजावत गर्ने एक मात्र सडकको रुपमा रहेको ज्यामीरे तर्गौली सडक उधोगको बडिभार भएका गाडीले सडक भत्काउने र लामो समय सम्म मर्मत समेत नगर्ने गरेकाले स्थानियवासीहरुले बारम्बार समस्या भोग्नु परेको छ । सामान्य रुपमा दैनिक बजार जाने, विद्यालय, जागिर गर्न जाने लगायतका आम मानिसहरुका लागि यो सडक खण्ड एउटा धराप बनेको छ । ठुला र बडिभार भएका गाडीहरुले बनाएका ठुला ठुला खाल्डा बनाएका कारण यो सडकमा दैनिक विद्यालय जाने बालबालिकाहरुका लागि एक प्रकारको धराप बनेको सुनवल ८ का स्थानियवासी विष्नु न्यौपानेले बताए ।
स्थानीयवासी र जनप्रतिनिधीहरुले यो सडक उद्योगहरुले बनाउनु पर्ने भनी माँग गर्दा उद्योग ब्यावस्थापनले स्थानियको माँग अवज्ञा गर्ने गरेको सुनवल ८ का वडा अध्यक्ष निलकण्ठ गैरेले बताए ।
https://www.youtube.com/watch?v=gDLnqa2bl_Q&t=11s
