कावासोती अवरुद्ध पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा सञ्चालनमा – फोटो फिचर र भिडियो सहित


नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
शनिबार दिउँसो १२ बजेतिरबाट पूर्वपश्चिम राजमार्ग दुई तर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बाढीले खोल्सामा पानी बढेपछि कावासोती थाना चोक नजिकै डिभिजन वन कार्यालयदेखि पश्चिमको सडक र कल्भर्ड पानीले बगाएको थियो ।



सडक विहीबार विहान ८ बजेदेखि अवरुद्ध भएको थियो शुक्रबार साँझदेखि एकतर्फी बाटो सञ्चालनमा आएको भए पनि शनिबार दिउँसो १२ बजेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो ।






सम्बन्धित
Loading...