सिद्धबाबा क्षेत्रमा पहिरो पन्छाएपछि राजमार्ग सुचारु
बुटवल -पाल्पाको तिनाउ गाउँपालिकाको शिद्धबाबा क्षेत्रमा पन्छाएपछि सिद्धार्थ राजमार्ग सुचारु भएको छ । अविरल वर्षासँगै माथिबाट खसेको पहिरोका कारण विहान साढे १० बजेबाट सडक अवरुद्ध भएको थियो ।
डोजरले पहिरो पन्छाएपछि अहिले दुईतर्फी नै यातायात सुचारु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीनारायण पाण्डेयले बताए । उता पाल्पाकै राम्दीमा पनि पहिरो पन्छाएपछि सडक सुचारु भएको छ ।
https://www.youtube.com/channel/UCdVEllX6-3RtSujuMJI-nBQ/videos
