केपी–विद्याले लोकतान्त्रिक गणतन्त्र नै घरापमा पारेः केसी




गोपी ज्ञवाली –
नवलपरासी, २७ असार । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय जानमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले केपी र विद्याका कदमका कारणले अहिले नेपालको संघीय गणतन्त्र नै खतरामा परेको बताएका छन् ।

राष्ट्रिय जानमोर्चा पश्चिम नवलपरासीका जिल्ला सलाहाकार तिलक सुवेदीका बुवा सालिकराम सुवेदीको निधन भएको १२ दिनको पुन्य तिथीमा आयोजना गरेको शोक सभामा बाल्दै नेता केसीले यस्तो आरोप लगाएका हुन् ।




केसीले पाँच दलले संयुक्त मोर्चा बनाए सरकार विरुद्ध सडकमा उत्रिन थाले पछि बल्ल केपी हच्केको र एमाले एकताको नाटक गरेका दावी गरे ।

नेपाली जनताले दिएको नेपालको ऐतिहासिक दुई तिहाईको सरकारले जनताको काम गर्नु भन्दा आफनो पार्टी भित्रको घरझगडा मिलाउन नसकेर संसद विघटन गर्ने काम गरेर केपी ओलीले ऐतिहासिक गल्ती गरेको उनको ठहर थियो ।

उनले भने – ‘संसद विघटनको जुन प्रतिगामी कदम प्रधानमन्त्रीले चाल्नु भयो गर्नु त्यस पछि अहिले देशमा विदेशी चलखेल बढेको छ ।’

 

राष्ट्रप्रमुखको गलत कदमका कारण देशमा जनताद्वारा संघर्ष गरेर प्राप्त गरेका उपलब्धिहरु नै गुमने खतरा बढेर गएको उनले बताए ।
देश अहिले जटिल अवस्थामा पुगेका कारण नै पाँच जना पूर्व प्रधानमन्त्रीहरु, पूर्व न्यायाधिषहरुले संयुक्त रुपमा सरकारको कदमको विरोध गर्दै विज्ञप्ती निकालेको उनले बताए ।

परम्परावादी कर्मकाण्डे संस्कार छाड्नु पर्ने भन्दै नेता केसीले शोकसभामा सम्बोधन गर्ने क्रममा पश्चिम नवलपरासीका राष्ट्रिय जानमोर्चाका जिल्ला सल्लाहाकार सुवेदीलाई अहिले बुवाको किरिया नगर्दा २५ वर्ष पहिलो आफुलाई बाग्लुङमा आमाको मृत्युमा परेको जस्तो सामाजिक अफठयारो परेको बताए ।

पश्चिम नवलपरासीका राष्ट्रिय जानमोर्चाका जिल्ला सलाहाकार तिलक सुवेदीले आफना बुबा सालिकराम सुवेदीको देहान्त पछि कर्मकाण्डे काममा कुनै बैज्ञानिक आधार नभएको भन्दै किरिया बसेनन् ।
तिलकका बुवाको मृत्यु भएको १२ औ दिनमा शोक सभाको आयोजना गरिएको थियो ।



सम्बन्धित
Loading...