७ लाख बराबरको अवैध मालसामान बरामद  


 



परासी ।  नवलपरासी ९पश्चिम० प्रहरीले आइतबार भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अंन्दाजी ७ लाख ३५ हजार ९ सय २० मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३ लाख ५८ हजार ४ सय मुल्य बराबरको पुजामा प्रयोग हुने तामाको प्लेट ११२० पिस सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउंपालिका वडा नं।२ भक्सिपुरबाट आइतबार बरामद गरेको प्रहरीले जनाएको छ ।




सामान टाउकोमा बोकी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस भागेको प्रहरीले जनाएको  छ ।

त्यसैगरी भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी २७ हजार ४ सय १० मुल्य बराबरको चिनी, हार्डवेयरका सामान , मोटरसाईकलको पार्टपुर्जा र ३२ हजार मुल्य बराबरको २ वटा खसी प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले सरावल गाउंपालिका वडा नं। ७ बाट बरामद आइतबार दिउँसो गरेको छ ।

त्यसैगरी भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३ लाख  मुल्य बराबरको ब्ँश्ब्ी नामक हुक्कामा प्रयोग हुने पाउडर ४ काटुन प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउंपालिका वडा नं। ०५ स्थितबाट बरामद गरेको छ । उक्त सामान टाउकोमा बोकी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस भागेका थिए ।

त्यसैगरी भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १८ हजार १ सय १०  मुल्य बराबरको गन्जी, सेतो गम्छा, कट्टु, चुन्नी, टिर्सट लगायतका कपडा प्रहरी चौकी नर्सहीबाट खटिएको प्रहरी टोलीले सुस्ता गाउंपालिका वडा नं। ०४ बिर्ताढाला स्थितबाट बरामद गरेको छ ।

बरामद सम्पुर्ण माल सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।



सम्बन्धित
Loading...