कता गइन् गैंडाकोटकी विना ?




भरतपुर । असार १४ गतेदेखि बेपत्ता विना सापकोटा सोही दिन राति ८ बजे भाटभटेनीअगाडि हिँडिरहेको अवस्थामा सिसी क्यामेरामा देखिएकी छन् । युवतीका बुबा जयश्वर सापकोटाले क्यामेरामा देखिएको व्यक्ति छोरी भएको प्रहरीसमक्ष बताएका छन् । चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले विनाको खोजी भइरहेको बताए ।

रोयल सेन्चुरीनजिक रहेको एक पसलको क्यामेराले उनी हिँडेर नारायणगढतर्फ गएको भिडियो खिचेको थियो ।




त्यसपछि कता गइन् भन्ने खोजी भइरहेको एसपी अधिकारी बताउँछन् । बजारका विभिन्न ठाउँमा सिसी क्यामेरा रहेकाले प्रविधिको सहायतामा खोजी कार्य चलिरहेको उनले बताए । ‘युवती केही हतारमा भएर दौडिएजस्तो गरी ओरालो लागेको देखिन्छ’, उनले भने, ‘पुलचोकसम्मको सिसी क्यामेरा हेर्ने, बुझ्ने गरेका छौँ तर थप कुरा फेला पार्न सकेका छैनौँ ।’

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ ।

 



सम्बन्धित
Loading...