अब कावासोतीमा खरको छानो नरहने




नवलपुर, २८ जेठ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा २ सय १ घरका खरको छानो विस्थापित गरिने भएको छ ।

नगरपालिकाको सबै १७ वटा वडामा गरेर २ सय १ घरको खरको छानो विस्थापित गरिने कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले जानकारी दिए । लक्षित वर्गमा परेका लाभाग्राहिसंग अहिले सम्झौता गर्ने काम भईरहेको उनले बताए ।




सम्बिन्धत वडा कार्यालयसँग समन्वय गरेर सम्झौता गर्ने काम भईरहेको उनले जानकारी दिए ।
नगर उपप्रमुख मर्दनियाका अनुसार चालु आर्थिक बर्षको असार मसान्तसम्म सम्झौता गरेर आउँदो आर्थिक वर्ष शुरु हुनासाथ छानो छाउने काम सुरु गरिने छ ।

सुरक्षित नागरिक आवास निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना अन्तरगत कावासोतीमा यो अभियान सञ्चालन भएको हो ।

खरका छानामा छिटो आगलागी हुने, पानी पर्दा चुहिने लगायतका समस्या हुने भएकाले लक्षित वर्गका नागरिकको जीवनको सुरक्षाका लागि कावासोतीमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए ।

खरको छानो विस्थापित गरेर टिनको छानो छाउनका लागि प्रति घर ५० हजार रुपिँयाका दरले प्रदान गरिने घर्तीले जानकारी दिए ।

यो अभियान अन्तरगत कावासोती नगरपालिकालाई तत्कालका लागि ३५ लाख रुपिँया बिनियोजन गरिएको घर्तीले बताए । कार्यक्रम पुरा गर्नका लागि एक करोड ५० हजार रुपिँया लाग्ने जनाईएको छ । दुई किस्ता गरेर लाभग्राहिलाई रकम प्रदान गरिने छ ।



सम्बन्धित
Loading...