पश्चिम नवलपरासीको चप्पल उद्योगमा आगलागी


हरि शर्मा


परासी, २८ असार : पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिकास्थित नदवामा रहेकाे एक चप्पल उद्योगमा लागेकाे आगाे २ घण्टापछि नियन्त्रणमा आएकाे छ ।



मिलानाे एक्सन पाेलिमर्स नामक चप्पल उद्योगमा साेमबार सांझ ६ बजेदेखि लागेकाे  आगाे २ घण्टापछि नियन्त्रणमा आएकाे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।

 

https://www.youtube.com/watch?v=TOuZwwbSrjw&t=1s

उद्योगमा वल्डिङकाे काम गर्ने क्रममा निस्केकाे झिल्काे नजिकै रहेका केमिकलहरूमा सल्केपछि आगलागी भएकाे उद्योगका कर्मचारीले बताएका छन् ।
उद्योग परिसरमा केमिकलका ड्रम बढी राखिएकाले त्यसैमा आगलागी हुंदा आगाे नियन्त्रण बाहिर गएकाे थियाे । आगलागी पछि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीसहित रूपन्देही र नवलपरासीका ४ वटा  दमकलले आगाे नियन्त्रणमा लिएका थिए । क्षतिकाे विवरण आउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।


सम्बन्धित
Loading...