एमाले निकट युवाले कावासोतीमा प्रधानन्यायाधिषको पुतला जलाए
कावासोती । सर्वोच्च अदालतको आदेश पछि सर्वोच्चको आदेश विरुद्ध प्रदर्शनमा उत्रिएका नेकपा एमालेका युवाहरुले पूर्वी नवलपरासीको कावासोतीमा प्रधानन्यायाधिष चोलेन्द्र शम्सेर जबराको पुतला जलाएका छन् ।
एमाले निकट युवा संघ र विद्यार्थी संगठनका युवाहरुले कावासोतीमा सोमबार साँझ पुतला जलाएका हुन् । उनीहरुले सर्वोच्चको कदमको विरोध गरेका थिए भने संसद विघटनको पक्षमा आवाज उठाएका थिए ।
त्यसैगरी चितवनमा नेकपा एमालेका कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाएका छन्।
नेकपा एमाले निकट युवा तथा विद्यार्थीहरुले भरतपुरको चौबीसकोठीमा भेला भएर जबराको पुत्ला जलाएका हुन्।
