कति छ त आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०२ पैसा र विक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०७ पैसा र विक्रीदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र विक्रीदर १६५ रुपैयाँ ७९ पैसा रहेको छ ।
स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ९६ पैसा र विक्रीदर १३० रुपैयाँ ६२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ ८२ पैसा र विक्रीदर ८९ रुपैयाँ २७ पैसा रहेको छ ।
यस्तै, क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २८ पैसा र विक्रीदर ९५ रुपैयाँ ७६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ । 
यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७३ पैसा र विक्रीदर ३१ रुपैयाँ ८९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ६८ पैसा र विक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।
सबैभन्दा महंगो कुवेती डिनर नेपाली विनिमयदर आज एकको खरिदर अधिकतम ३९५ रुपैयाँ ६९ पैसा र विक्रीदर ३९७ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।