चितवनका अस्पतालमा ५ जना संक्रमितको मृत्यु , २०९ जना संक्रमितको उपचार
चितवन २९ असार । चितवनका अस्पतालमा मंगलबार २०९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये १८ जना भेन्टिलेटरमा, ७७ जना आइसियूमा ३४ जना एचडियूमा उपचाररत छन् भने ९८ जना जनरल वार्डमा उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।
२४ जना संक्रमणमुक्त
चितवनका अस्पतालबाट मंगलबार २४ जना कोरोना संक्रमणमुक्त भएका छन्। भरतपुर अस्पतालबाट ११ जना, चितवन मेडिकल कलेजबाट १० जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट दुई जना विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक जना गरी २४ जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
५ जनाको मृत्यु
चितवनका अस्पतालबाट मंगलबारसम्मको पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा मकवानपुर र लमजुङका एक/एक जना, चितवन मेडिकल कलेजमा मकवानपुरका एक जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा चितवन र नवलपरासीका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।