पश्चिम नवलपरासीमा २२ लाखको हरियो मटर बरामद




हरि शर्मा
परासी, २९ असार। अवैध रुपमा भारततर्फ लैजादै गरेको २२ लाख बराबरको हरियो केराउलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ ।

६ वटा पिकअप भेनमा राखेर लैजादै गरेको अवस्थामा १ सय ८० क्विण्टल केराउ बरामद गरिएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताए । सोमबार राति पक्राउ परेका पिकअप भेनमध्ये ५ वटा बेलाटारी क्षेत्रबाट र १ वटा परासी क्षेत्रबाट रहेका छन् । एक पिकअप भेनमा ३० क्विण्टलका दरले मटर लोड गरिएको थियो ।




सीमावर्ती नाका बसैयाबाट भारततर्फ लैजानका लागि ल्याइएको मटर र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइने प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

नेपालमा भन्दा भारतमा महङोमा बिक्री हुने भएकाले नवलपरासीको नाकाहुँदै भारततर्फ मटर तस्करी हुने गरेको छ । प्रहरीले ठूलो मात्रामा मटर बरामद गर्ने गरेपनि तस्करी कार्य भने रोकिएको छैन । अहिले भूजहवा, झोलनीपुर र बसैया नाकाबाट मटर तस्करी हुँदै आएको छ ।



सम्बन्धित
Loading...