गैंडाको आक्रमणमा परेर भरतपुरकी एक महिला घाइते


भरतपुर, ३० असार । गैंडाको आक्रमणमा परेर भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी एक महिला घाइते भएकी छन् ।



आज बिहान ९ः०५ बजेको समयमा बाटुली पोखरी वन भित्र घाँस काट्न गएकी ४२ वर्षीय सुनिता परियारलाई गैंडाले आक्रमण गरेको हो ।

आक्रमणमा परी घाइते भएकी परियारलाई इलाका प्रहरी कार्यालय गितानगरको टोलीले उनको उद्धार गरेको हो ।




घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।



सम्बन्धित
Loading...