माधव नेपाललाई एमालेमा कुनै स्थान छैन : ओली


असार ३० । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताएको छ ।



बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको सरकार ढाल्ने काम गरेका नेपाललाई आत्माआलोचना गरे पनि अब एमालेमा कुनै स्थान नहुने बताएका हुन् ।




उनले बाँकी नेताहरुलाई भने आत्मालोचनासहित फिर्ता गरिने बताए । उनले पार्टीभित्र विभिन्न तत्वहरुको घुसपैठ भएको र पार्टीकै नेता नेपालले सरकार ढाल्ने खेलमा अगुवाइ गरेको आरोप लगाए । उनले अदालतमा निवेदन हालेर सँधै परमादेशबाट किस्तिमा सरकार नपाइने चेतावनी समेत दिए ।

एमाले नेताहरुले एकताको वार्ता अन्तिम चरणमा पुगेको दाबी गरिरहेका बेला अध्यक्ष ओली वरिष्ठ नेता नेपालविरुद्ध झनै आक्रामक भएक हुन् ।
हिजोको संबोधनमा पनि ओलीले नेता नेपाललाई अराजकको संज्ञा दिएका थिए । अध्यक्ष ओलीले सर्वोच्च अदालतले जनताको अधिकार खोसेको आरोप लगाउँदै प्रधानमन्त्री छानेर जात्रा देखाएको टिप्पणी गरे ।

ओली बालुवाटारबाट बाहिरिएर निजी निवास बालकोट जाँदा एमाले कार्यकर्ताहरुले शक्ति प्रदर्शन गरेका थिए । एमालेको भ्रातृ संगठन युथ फोर्सले ओलीलाई बालुवाटारदेखि स्कर्टिङ गरी बालकोटसम्म पु¥याएको थियो ।



सम्बन्धित
Loading...