नवलपुरमा ३ जना संक्रमितको निधन




नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार मध्यविन्दुका २ जना र देवचुलीका १ जना गरी ३ जना संक्रमितको निधन भएको हो ।




मध्यविन्दु नगरपालिका ८ निवासी ५० बर्षीय पुरुषको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको हो ।

त्यसैगरी मध्यविन्दु १ का ६७ बर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

त्यसैगरी देवचुली १३ का ५४ बर्षीय पुरुषको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो । यो सहित नवलपुरमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या १ सय २८ पुगेको छ ।

 



सम्बन्धित
Loading...