नवलपुरमा विहीबारदेखि साढे १५ हजारलाई भेरोशिल खोप लगाइने 




नवलपुर । पूर्वी नवलपरासीमा भोलि अर्थात विहीबारदेखि साढे १५ हजारलाई कोभिड १९ विरुद्धको खोप भेरोशिल खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार भोलि गैडाकोट नगरपालिकाले खोप लगाउँदै छ भने यो खोप नवलपुरमा साउन ३ गते भित्र लगाइन सकिने छ ।




यस पटक ५५ बर्ष माथिका उमेर समूहका जेष्ठ नागरिक, चालक, सहचालक, शैक्षिक संस्थानका शिक्षक तथा प्रध्यापक, यस अघि खोप लगाउन तोकिएका समूहका छुटेका व्यक्तिहरुलाई खोप लगाउने जनाइएको छ ।

नवलपुरमा अहिलेसम्म २२ हजार जनाले खोप लगाएका छन् ति मध्ये करिब १४ हजार जनाले भारतबाट आएको कोभिशिल्डको दोस्रो डोज खोप लगाउन बाँकी रहेका छन् ।



सम्बन्धित
Loading...