वैशाख १ गतेदेखि हराएकी १९ वर्षीया सिमराबाट उद्धार


गत वैशाख १ गतेदेखि हराएकी रत्ननगर-१३ निवासी १९ वर्षीया दीपशीखा तिवारीको जिल्ला प्रहरी कार्यालय चितवनले असार ३० गते बुधबार उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।



गोप्यरुपमा सादा पोसाकमा प्रहरी टोलीसमेत परिचालन गरी बारा सिमराबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

उनका बुबा किरणचन्द्र तिवारीले दीपशिखा वैशाख १ गतेदेखि हराएकोले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएका थिए। दीपशिखा हराउनुको कारण भने प्रहरीले सार्वजनिक गरेको छैन।



सम्बन्धित
Loading...