कोभिड १९ः नवलपुरमा थप एकको मृत्यु, ४६२ सक्रिय संक्रमित
नवलपुर । पूर्वी नवलपरासीमा विहीबार थप एक जना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार यो सहित नवलपुरमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय २९ पुगेको छ भने बैशाख यता मात्रै ९७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
यसैबीच नवलपुरमा विहीबार ३३ जना नयाँ संक्रमित भेटिएका छन् भने ३४ जना निको भएका छन् । नवलपुरमा विहीबार साँझ ५ बजेसम्म सक्रिय संक्रमितको संख्या ४ सय ६२ जना रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
सक्रिय संक्रमितहरु मध्ये जिल्ला भित्र र जिल्ला बाहिरका विभिन्न अस्पतालमा गरी २९ जना अस्पतालमा उपचाररत रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् ।
