मुग्लिङको जाममा फसेकी महिलालाई ट्रकमै ४ जनाले गरे पटक पटक बलात्कार





भरतपुर, १ साउन । रूकुम घर भएकी १९ वर्षीया युवती असार २७ गते काठमाण्डौँ कलंकीबाट बुटवल जाने भनेर ट्रक चढिन् । यात्राका लागि बस नपाएपछि बाध्य भएर उनी ट्रक चढिन् । हातदिँदा ना ५ ख २८७० नम्बरको ट्रकले उनलाई चढायो । जहाँ चालक ३० वर्षका सुनिल महतो मात्र थिए । नागढुगाँबाट सरासर चितवन आइरहेको ट्रक मुग्लिन कटेपछि जाममा प¥यो । मुग्लिन नजिक उनी जाममा परिन् । साथमा २ बर्षीय छोरा पनि थिए ।

गाडी नै नपाएको अवस्थामा आफूलाई नारायणगढसम्म लगिदिने भएपछि चालकलाई उनले भगवान नै मानिन् । तर अपराधिक मानसिकता भएका ती चालकले युवतीमाथि गिद्धे नगर लगाए । २७ गते राती ट्रक जाममै फस्यो । चालकले युवतीलाई सोही ट्रकको क्याविनमा बलात्कार गरे । उनको चित्कार सुनेर बचाउनका लागि अरु कोही थिएनन्, अवोध नावालक छोरो साथमै थियो ।




चालक जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका–२१ बस्ने सुनिल महत्तोले सो रात पटकपटक बलात्कार गरे । भोलिपल्ट असार २८ गते पनि जाममा परे, उनले फेरी वलात्कार गरे । असार २९ गते चालकले चितवन रामनगर सम्म ल्याइ असार २९ गते दिउँसो १ बजे अर्को ना ६ ख ३३६९ नम्बरको ट्रक चढाइ पठाइ दिए । युवती वुटवल जानुपर्ने थियो तर चालकले वीरगज जाने ट्रकमा पठाए ।

अर्को ट्रकका चालक जिल्ला पर्सा पोखरिया नगरपालिका–६ बस्ने वर्ष २५ को शिववालक महत्तोले वुटवल जाने भनि वीरगञ्ज तर्फ लगे । युवती त्यहाँ पनि बलात्कार शिकार बनिन् । शिववालकले २९ गते राती पटकपटक बलात्कार गरे । ३० गते विहान भएपछि उनले आफ्नो सहचालक र अर्को एक व्यक्ति जो ट्रकमा यात्रु थिए उनलाई वीरगज डाइपोर्टसम्म लगेर छाडिदिन भने ।

सहचालक र यात्रु मिलेर असार ३० गते दिउँसो ५ वजे वीरगञ्ज–१७ स्थित ड्राईपोर्टमा ओराली अलपत्र पारी हिंडेकोमा प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उद्धार गरेको वीरगंजका एसपी वेलबहादुर पाण्डेले बताए । त्यस क्रममा सहचालक र यात्रुले पनि युवतीलाई बलात्कार गरेको पर्सा प्रहरी प्रमुख एसपी पाण्डेले बताए ।
‘घटना सुन्दा म आफू चकित खाए, एसपी पाण्डेले भने,‘घटनास्थल सुरु स्थान चितवन हो, तर पर्सामा पनि घटना भएकाले यहीँबाट अनुसन्धान थालेको छु ।’

पीडित युवतीसंगको सोधपुछका आधारमा चालक सुनिल महत्तो र शिववालक महत्तोलाई गाडी सहित पक्राउ गरीएको र बाँकी दुई जनाको खोजी कार्य भइरहेको उनी बताउँछन् । उनीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाइएको छ । ती पीडित युवती र छोरा सामाजिक संस्थाको संरक्षणमा रहेको उनले जानकारी दिए ।




सम्बन्धित
Loading...