नवलपुरमा मानव वेपत्ताको कहाली लाग्दो तथ्यांकः बर्षेनी बढ्दै, एक बर्षमै ३ सय बढी वेपत्ता
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट ४ की विना सापकोटा हराएको दुई साता भयो । उनको अझै अत्तोपत्तो छैन ।
गैडाकोटकै शारदा लामिछाने छोरा प्रनिश लामिछाने सहित हराएकी झण्डै एक बर्ष हुन लाग्यो उनको पनि अझै अत्तोपत्तो छैन ।
यि दुई घटना प्रतिनिधि पात्र मात्र हुन् नवलपुरमा मानिस वेपत्ता हुनेको तथ्यांक हेर्ने हो भने कहाली लाग्दो छ । हराएका मध्ये कतिपय सकुसल भेटिन्छन् भने कतिपय हत्या गरिएको अवस्थामा त कतिपय रहस्मय तरिकाले मृत अवस्थामा भेटिन्छन् ।
नवलपुरमा आर्थिक बषं २०७७/०७८ मा मात्रै ३ सय ४ जना वेपत्ता भएको घटना प्रहरीकोमा दर्ता भएको छ । ति मध्ये २ सय २१ जनाको अवस्था पत्ता लागेको छ भने ८३ जना अझै वेपत्ताको सूचीमा छन् ।
हराउनेमा सबैभन्दा धेरै महिला र बालबालिका रहेका प्रहरीको तथ्यांकले देखाउँछ ।
त्यस्तै आर्थिक बर्ष ०७६÷७७ को तथ्यांक पनि यस्तै कहाली लाग्दो छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार नवलपुरमा आर्थिक बर्ष ०७६÷७७ मा २ सय २९ जना वेत्ता भएका थिए ति मध्ये ९० जनाको अवस्था अझै अज्ञात नै छ ।
बढ्दो सामाजिक सञ्जालको दुरुपयोग, बालबालिकाप्रति अभिभाककले समय कम दिनु, बेरोजगारी लगायतका विभिन्न कारणले व्यक्तिहरु घर छोडेर हिड्ने र सम्र्पक विहिन हुने गरेको प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीको तर्क छ ।
नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले हराएका ३ सय ४ मध्ये नवलपुरमा घटना दर्ता भएका शारदा लामिछाने र उनका छोराको मात्र स्थिति पत्ता नलागेको बताए ।
प्रकाश मल्लका अनुसार ३ सय ४ मध्ये ७१ जनाको अवस्था अज्ञात भनिएको ति मध्ये कतिपयको अवस्था पत्ता लागेको भए पनि उनीहरु परिवारको सम्पर्कमा आउन नचाहाने, विवाह गरेर गएका, कतिपय सोझै परिवारको सम्पर्कमा आएर प्रहरीलाई खबर नगरेका लगायतको रहेका छन् ।
