कक्षा ११ को परीक्षा अनलाईन मार्फत गराउन विद्यार्थीहरूको माग



कावासोती । कावासोती नगरपालिका भित्रका क्याम्पसहरूले कोभिडको कहरका बीच भौतिक रुपमै विद्यार्थीको परीक्षा लिने तयारी गरेपछि विद्यार्थीहरुले त्यसको विरोध गरेका छन् ।




श्रावण दोस्रो सातामा भौतिक रूपमा नै उपस्थित भएर परीक्षा दिनु पर्ने निर्णय गरेपछि (+२ ) प्लस टु कल्याण मञ्च र प्लस टु एकता मञ्चका विद्यार्थीहरूले संयुक्त विज्ञप्ति निकालेर अनलाईन मार्फत नै परीक्षा लिन आग्रह गरेका हुन् ।

त्यसैगरी सबै क्षेत्रकाले खोप लगाई रहँदा विद्यार्थीहरूले पनि खोप लगाउन पाउनु पर्ने माग गरेका छन् ।
मध्यविन्दु क्याम्पसको प्लस टु कल्याण मञ्चका अध्यक्ष आयुष ढकाल, कुमारवर्ती बहुमुखी क्याम्पसको प्लस टु एकता मञ्चकी सचिव ममता कंडेल, लुम्बिनी आदर्श डिग्री कलेजको प्लस टु कल्याण मञ्चका सचिव अस्तम तामाङ्ग र शिव माविको विद्यार्थी प्रतिनिधि आशिष पंगेनीद्वारा विज्ञप्तिमा हस्ताक्षर गरिएको छ ।


मध्यबिन्दु बहुमुखी क्याम्पस +२ कल्याण मंच अध्यक्ष आयुष ढकालका अनुसार आज कावासोती नगर शिक्षा शाखामा कक्षा ११ को अनलाइन परीक्षाको लागि विज्ञप्ति मार्फत ध्यान आकर्षण गराउने काम गरिएको छ ।




सम्बन्धित
Loading...