नवलपुरमा थप एक जनाको निधन, सक्रिय संक्रमितको संख्या ४६७




नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार मध्यविन्दु १० निवासी ४८ बर्षीय पुरुष गएराति भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।




यो सहित नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ३० पुगेको छ ।

यसैबीच शुक्रबार नवलपुरमा ५९ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ४ सय ६७ पुगेको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शुक्रबार नवलपुरमा ५७ जना संक्रमित निको भएका छन् ।



सम्बन्धित
Loading...