उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन माग
नवलपुर । नवलपुर उद्योग संघले नवलपुरका उद्योग व्यवसायीहरुलाई खोप उपलब्ध गराउन माग गरेको छ ।
नवलपुर उद्योग संघ नवलपुरका अध्यक्ष कृष्णप्रसाद गौतमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मुलुकको आर्थिक विकासको मुख्य साझेदारको रुपमा रहेको उद्योगी व्यवसायीहरुलाई राज्यले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने कुरामा प्राथमिकतमा नराखेको उल्लेख गर्दै तत्काल खोप उपलब्ध गराउन माग गरेका हुन् ।
सरकारले विभिन्न चरणमा विभिन्न समूहलाई उपलब्ध खोप उपलब्ध गराउने कार्य प्रशंसनीय रहेको भन्दै खोपको दायरा बढाउनतर्फ सरकारको ध्यान केन्द्रित हुन आवश्यक रहेकोमा जोड दिइएको छ ।
