नवलपुरमा बढ्न थाल्यो सक्रिय संक्रमित, सक्रिय संक्रमितको संख्या ५ सय २०
नवलपुर । नवलपुरमा बजार तथा पसलहरु खुल्ला गरेर निषेधाज्ञा खुकुलो पारेसँगै संक्रमितको संख्या बढ्न थालेको छ । गत साता सक्रिय संक्रमितको संख्या ४ सय २५ रहेको नवलपुरमा शनिबारसम्म त्यो संख्या बढेर ५ सय २० पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार शनिबार मात्रै ५४ जना नयाँ संक्रमित थपिएका छन् । शनिबार नवलपुरमा २६ जना मात्र निको भएको छ ।
त्यसैगरी नवलपुुरमा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको निधन भएको छ । यो सहित बैशाख यता कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नवलपुरमा १ सय पुगेको छ भने अहिलेसम्म नवलपुरमा कोरोनाका कारण १३२ जनाको निधन भएको छ ।

