नवलपुरको विकासमा सकेको योगदान गर्नेछु: मुख्यमन्त्री पोखरेल
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् ।
मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला नवलपुर आएका उनले आफूलाई मुख्यमन्त्री बनाउन योगदान गर्ने नवलपुरबासीलाई बधाई समेत व्यक्त गरे ।
उनले भने – नवलपुरबासीले नै निर्वाचनमा आफुलाई जिताएर मुख्यमन्त्री बनाउन गरेको योगदानको कदर गर्दै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्नेछु ।
नेपाली कांग्रेस प्रदेश क्षेत्रिय समिति क्षेत्र नं. १ क नवलपुरको आयोजनामा गैँडाकोट १३ मा भएको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
मुख्यमन्त्री दुई दिने भ्रमण तालिका सहित गृह जिल्ला नवलपुर आएका हुन् ।
