कपिलवस्तुमा अमेरिकन पेस्तोलसहित एक व्यक्ति पक्राउ


कपिलवस्तुमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–११ जहदी बस्ने ३६ वर्षीय कोमन्नु भन्ने मातेश्वर प्रसाद यादवलाई प्रहरीले एकथान पेस्तोलसहित पक्राउ गरेको हो ।



यादवलाई हातहतियार-खरखजना मुद्दामा कपिलवस्तु जिल्ला अदालतले एक वर्षअघि धरौटीमा छाडेको थियो । साउन १ गते साँझ पक्राउ परेका उनलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । उनलाई कपिलवस्तु नगरपालिकाको जहदीचोकस्थित तौलिहवा जितपुर सडक खण्डमा चेकजाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा  यादव चढेको  युपी ५५ डब्लु ८३२४  भारतीय नम्बर प्लेटको  २२० सिसी बजाज मोटरसाईकल समेत बरामद गरिको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।  बरामद पेस्तोल मेड इन युएस ७.६५ लेखिएको प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले बताए ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...