मुख्यमन्त्री बन्नु गौरवः मुख्यमन्त्री





नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफू नेतृत्वको सरकारले यस अघिको सरकारका मुख्य योजनाहरुलाई प्रथामिकता राखेर बजेट विनियोजन गरेको बताएका छन् ।

आइतबार नवलपुरको कावासोतीमा नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई सम्बोद्धन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने – सरकार परितर्वन हुनु स्वभाविक हो तर, जनताले स्थायी सरकारको अपेक्षा गरेको हुन्छ, त्यसैले हामीले अघिल्लो सरकारकै योजनालाई प्राथमिकता दिएर बजेट बनायौं ।




उनले आफू मुख्यमन्त्री हुनु गौरवको विषय भएको उल्लेख गर्दै गण्डकी प्रदेशबाट भएको काँग्रेस नेतृत्वको सरकार बनाउने अभियान अहिले केन्द्रमा पुगेको बताए ।

त्यसैगरी नवलपुरको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् ।

मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला नवलपुर आएका उनले आफूलाई मुख्यमन्त्री बनाउन योगदान गर्ने नवलपुरबासीलाई बधाई समेत व्यक्त गरे ।

उनले भने – नवलपुरबासीले नै निर्वाचनमा आफुलाई जिताएर मुख्यमन्त्री बनाउन गरेको योगदानको कदर गर्दै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्नेछु ।

नेपाली कांग्रेस प्रदेश क्षेत्रिय समिति क्षेत्र नं. १ क नवलपुरको आयोजनामा गैँडाकोट १३ मा भएको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

मुख्यमन्त्री दुई दिने भ्रमण तालिका सहित गृह जिल्ला नवलपुर आएका हुन् ।
यसैबीच आइतबार बिहान राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरले उनलाई मुख्यमन्त्री भएकोमा बधाई तथा शुभकामना दिंदै ७ बुँदे अनुरोध पत्र पेश गरेको छ ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दिपक पाण्डेले कोभिड व्यवस्थापन, वाढीपीडितलाई राहत, त्रिवेणीसँगको सहजमार्ग लगायतका विषयमा सम्वोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

मुख्यमन्त्री पोख्रेल मुख्यमन्त्री भए पनि आइतबार र सोमबार गरी दुई दिने भ्रमण तालिका सहित नवलपुर आएका हुन् ।
उनी आइतबार सरकारी कार्यालयहरु उद्घाटनमा समेत सहभागी भए ।




सम्बन्धित
Loading...