कावासोतीमा भोलिको खोप स्थगित
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कोभिड १९ विरुद्धको खोप लगाउने अभियान भोलिका लागि स्थागित भएको छ ।
कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले सूचना जारी गरी भोलि अर्थात सोमबार लगाइने भनिएको खोप स्थागित गरिएको स्वास्थ्य शाखा कावासोतीले आइतबार सूचना जारी गरेर जनाएको छ ।
कावासोतीमा प्राप्त करिब ५ हजार खोप ३ दिनमै सकिएकोले भोलि कावासोती ४ र ५ मा लगाउने भनिएको खोप तत्कालका लागि स्थगित गरिएको र अर्को खोप प्राप्त हुन साथ लगाइने स्वास्थ्य शाखा कावासोतीले जनाएको छ ।
