ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस


काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेका छन् ।



ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम ओलले देउवालाई बिस्वासको मत दिएको सांसद मेटमणी चौधरीले जानकारी दिए ।




उनीहरु एमालेको केपी शर्मा ओली निकट नेता मानिन्छन् । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री देउवाले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले पनि पक्षमा मत दिएका हुन्।

ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो। आइतबारै बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई मत दिनेहरु एमालेमा नरहने बताएका थिए।



सम्बन्धित
Loading...