प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत, विपक्षमा ८३ मत
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । अब देउवाले विश्वासको मत पाएसँगै ससदको कार्यकाल पूरा हुनेछ ।
मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।
उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।
राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।
