साथीलाई फोन गरी नारायणीमा फाल हाल्छु भनि वेपत्ता




गैडाकोट । चितवनको रत्ननगर नगरपालिका ३ बस्ने २८ बर्षीय सुनिल तामाङ आइतबारदेखि वेपत्ता भएका छन् ।

आफ्नो साथी शंकर चौधरीलाई फोन मार्फत बिहान १० बजेतिर नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका वडा नं. १ ब्रिटिस क्याम्प स्थित नारायणी नदीमा हाम फाल्छु भन्दै जानकारी गराएको र प्रहरीले खबर पाउँना साथ खोजतलास गर्दा उनको अहिलेसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।




प्रहरी टोली घटनास्थलमा गई खोजतलास गर्दा सुनिल तामाङले प्रयोग गरेको ना २२ प ६१२१ नम्बरको होण्डा साईन मोटरसाईकल, पछाडि भिर्ने झोला, २ थान मोबाइल र केही कागजात फेला परेको गैडाकोट प्रहरीले जनाएको छ । तामाङ भने अझै वेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...