मोटरसाइकलको ठक्करबाट देवचुलीमा एक जना घाइते
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १० प्रगति मार्ग स्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् ।
अस्थायी प्रहरी पोष्ट दलदलेका अनुसार
ना १५ प ८६८८ नं को मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीइ महिला ७० बर्षीया शान्ति क्षेत्री घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको र उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।