मुख्यमन्त्रीको उपस्थितिमा नवलपुरमा जोनसोन एण्ड जोनसोन खोप शुरु




नवलपुर । पूर्वी नवलपरासीमा पनि जोनसोन एण्ड जोनसोन खोप शुरु गरिएको छ । सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको उपस्थितिमा खोप शुरु गरिएको हो । सोमबार अपाङ्गता भएका १३ जना र अन्य ४ जना गरी १७ जनालाई खोप लगाएर शुरु गरिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

नवलपुरमा १५ हजार जोड जोनसोन एण्ड जोनसोन खोप आएको छ । उक्त खोप सोमबार बस्ने विवद् व्यवस्थापन समितिको वैठकको निर्णय अनुसार लगाइने चापागाईले बताए ।




नेपालमा अहिलेसम्म आएको खोप २ डोज लगाउनु पर्ने हुन्छ भने जोनसोन एण्ड जोनसोन खोप १ डोज लगाए पुग्ने छ ।

यसैबीच मुख्यमन्त्री कृष्ण चन्द्र पोख्रेल नेपालीले सोमबार स्वास्थ्य कार्यालय नवलपुर, शिक्षा तथा समन्वय ईकाई कार्यालय लगायतका कार्यालयहरुको निरीक्षण गरेका थिए ।

त्यसैगरी सोमबार विहानै कावासोतीमा पत्रकार सम्मेलन समेत गरिएको थियो ।



सम्बन्धित
Loading...