मन्त्रिपरिषद् बैठक : ओली नेतृत्वको सरकारले गरेका ११ राजदूतको नियुक्ति खारेज




सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति खारेज गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।




संसदीय सुनुवाइविनै राजदूतमा नियुक्त गरिएकाले नियुक्ति खारेज गर्ने निर्णय गरिएको उनले बताए । १ जेठमा अघिल्लो सरकारले विभिन्न देशका लागि ११ राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

ओली नेतृत्वको अघिल्लो सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।



सम्बन्धित
Loading...