नवलपुरमा १ जना संक्रमितको निधन, ७६ नयाँ संक्रमित थपिए
नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा १ जना संक्रमितको निधन भएको छ ।
यो सहित नवलपुरमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या १ सय ३५ पुगेको छ ।
त्यसैगरी नवलपुरमा ७६ जना नयाँ संक्रमित थपिएका छन् भने ४५ जना निको भएका छन् । यो सहित नवलपुरमा संक्रमितको संख्या ५ सय ५२ पुगेको छ ।
सक्रिय संक्रमित मध्ये सबैभन्दा धेरै कावासोतीमा १ सय ९४ र देवचुली नगरपालिकामा १ सय १६ जना रहेका छन् ।
मंगलबार गैडाकोटमा २१ जना, देवचुलीमा १३ जना, कावासोतीमा २५ जना, मध्यविन्दुमा ४ जना, विनयी त्रिवेणीमा ५ जना र हुप्सेकोटमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
