पोखरीमा डुबेर एक युवकको मृत्यु
सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
सर्लाहीको हरिपुरमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको हो । मंगलबार रातिदेखि हराइरहेका हरिपुर–४ हरैयाका दीपेन्द्र माझी बुधबार बिहान घरनजिकै रहेको पोखरीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
उनलाई साँझ अत्यधिक मादक पदार्थ खाएर लरबराईरहेको अवस्थामा पोखरीको डिलमा देखेको स्थानीयले बताएपछि रातभर घर नआएका माझीलाईइ प्रहरीको टोलीले पोखरीमा जाल हानी खोज्दा माझीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।