५ लाख ६२ हजार मुल्य बराबरको मालसामान तथा अवैध वोईलर कुखुरा बरामद


सविता थापा –




परासी । भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अंन्दाजी ५ लाख ६२ हजार मुल्य बराबरको मालसामान तथा अवैध वोईलर कुखुरा पश्चिम नवलपरासी प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।

बिहीबार दिउँसो भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ५ लाख ४० हजार मूल्य बराबरको २ हजार १ सय ६० पिस लेडिज ब्रा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउंपालिका वडा नं. ७ बुलन्दपुर स्थितबाट बरामद गरेको हो ।




उक्त कपडा बोरामा बाधी मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस मोटरसाईकल सहित भागेका थिए । वरामद कपडा विहीबार नै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भारतबाट अवैध रुपमा ल्याउदै गरेको ५८ जिउ वोईलर कुखुरा विहीबार प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट वरामद गरेको छ । दिउँसो पाल्हिनन्दन गाउंपालिका वडा नंं. ५ सर्दीबाट ३२ जिउ र सरावल गांउपालिका वडा नं. ७ बर्गदवाबाट २६ जिउ बोईलर कुखुरा प्रहरीले बरामद गरेको हो ।

बरामद कुखुराको अन्दाजी मुल्य २२ हजार बराबर रहेको छ । वरामद कुखुरा विहिबारनै आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय महेशपुर बुझाईएको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...