पूर्वी नवलपरासीमा ५८ नयाँ संक्रमित थपिए, ५९७ जना सक्रिय संक्रमित


नवलपुर । पूर्वी नवलपरासीमा ५८ जना नयाँ संक्रमित थपिएका छन् । १ सय १८ जनामा परीक्षण गर्दा ५८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।



स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोटमा १३, देवचुलीमा १०, कावासोतीमा २५, मध्यविन्दुमा ५ जना, विनयी त्रिवेणीमा ३ जना, हुप्सेकोटमा १ जना र बौदीकालीमा १ जना संक्रमित भेटिएका हुन् ।

यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय ९७ जना पुगेको छ ।




नवलपुरमा अहिलेसम्म कोरोनाका कारण १ सय ३५ जनाको ज्यान गएको छ ।



सम्बन्धित
Loading...