नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु





नवलपुर । पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको ज्यान गएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ५ चुकाहा देउरालीको विनयी खोलामा सिचाई गर्नका लागि बाँधिएको भैसे सिचाई बाँधमा स्थानीय १६ बर्षीय युवाको निधन भएको हो ।




बाँधमा छिमेकीको मलामी गएपछि गर्मी भएर पौडी खेल्ने क्रममा १६ बर्षीय हिमाल लम्काहा मगर विहीबार दिउँसो वेपत्ता भएका थिए ।

उनको शव विहीबार साँझ बाँधदेखि ५ मिटर पूर्वतर्फ खोलामा अड्केको अवस्थामा फेला परेको र शव पोष्टमाटर्मका लागि जिल्ला अस्पताल डण्डामा ल्याएको नवलपुर प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...