महेशपुर भन्सारमा पार्किङको समस्या, पार्किङ गर्नको लागि जग्गा आवश्यक


रामकरण अम्बेडकर –





परासी, ९ साउन । पश्चिम नवलपरासी महेशपुर भन्सार कार्यालयमा पार्किङको अभाव हुँदा समस्या हुने गरेको छ ।

पार्किङ अभावका कारण बाटोमै गाडीहरु रोक्नु पर्दा लामो ट्राफिक जाम हुने गरेको छ । महेशपुर भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले पार्किङ स्थल नहुँदा समस्या भएको बताउँदै त्यसका लागि जग्गा खोजिभईरहेको बताए ।




त्यसैगरी ठूला ठूला मालवाहक गाडीहरुको लागि महेशपुरको बाटो साँगुरो समेत भएकोले बाटो चौडा गर्नु पर्ने उनले बताए । उनले भने भकसीपुरको पुल बनाउन अति आवश्यक रहेको छ ।

उनले महेषपुर भन्सारलाई व्यवस्थित गर्न सवारी साधन पार्किङ गर्ने स्थल बनाउनु पर्ने र भक्सीपुरमा पुल बनाउन अति आवश्यक रहेको बताए ।

महेषपुर भन्सारले ठूलो भन्सारको मान्यता पाएसँगै यहाँ भारतबाट आयात गरिएका सामग्रीहरु ठूलठूला मालवाहक गाडीहरुमा समेत आउने गरेको छ ।

कतिपय अवस्थामा झरहीखोलाको नयां बाटो हुँदै भन्सार छलेर समेत गईरहने र त्यस्तालाई नियन्त्रणमा लिएर जफत गर्ने गरेको समेत महेशपुर भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले जानकारी दिए ।

२७ करोड बढी राजश्व संकलन

महेषपुर भन्सार कार्यालयले पछिल्लो एक बर्षमा २७ करोड बढी राजश्व संकलन गरेको छ ।
महेशपुर भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालका अनुसार आर्थिक बर्ष २०७७÷०७८ मा २७ करोड ३० लाख २१ हजार २ सय ५० रुपैयाँ राजश्व संकलन भएको छ ।

महेषपुर भन्सारमा पैठारी भन्सार महसुलबाट १२ करोड ५७ लाख ९२ हजार ३३ रुपैया राजश्व संकलन भएको छ । जसअन्तरगत कृषि सुधार शुल्कबाट ४ करोड ८१ लाख ४८ हजार ८ सय ७ रुपैयाँ, पैठारी भन्सार सेवा दस्तुरबाट १५ लाख ४३ हजार ५ सय रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट ५२ हजार रुपैयाँ, बरामद सामग्रीहरु लिलाम गरेको आम्दानीबाट ४२ लाख ५९ हजार १ सय ९९ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी भन्सारतर्फको आम्दानीबाट १७ करोड ४५लाख ८२ हजार ७ सय ३९ रुपैया राजश्व संकलन भएको छ । जसमध्ये पैठारी अन्तशुल्क ५४ लाख ७६ हजार ९ सय ५१ रुपैयाँ , मुल्य अभिवृद्रिकर ८ करोड ७९ लाख ७७ हजार ६ सय ३० रुपैया, आयकर ४९ लाख ८३ हजार ९ सय ३० रुपैया रहेको कार्यालयले जनाएको छ ।




सम्बन्धित
Loading...