कावासोतीमा बम भेटियो, नेपाली सेनाको टोलीले डिस्फोज गर्दै
रामकुमार श्रेष्ठ –
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा बेवारिसे बम फेला परेको छ ।
कावासोती १४ कोल्टाँडी क्षेत्रको जंगलमा बम भेटिएको हो । विहान कुलाको बाँध हाल्न जाने किसानहरुले स्याउला काट्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
शनिबार विहान फेला परेको बमलाई अहिले नेपाली सेनाको बम डिस्फोजल टोलीले बम डिस्फोज गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
बम जनयुद्ध खालमा माओवादीले छाडेको हुन सक्ने आशंका गरिएको छ । उक्त वम हेण्ड ग्रिनेट प्लाष्टिक बम हो ।
