नवलपुरमा दुर्घटनामा ६ जना घाइते


नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ चोरमारा अरुणखोला बीच जंगलमा गएराति भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।




पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र. ३–०१–०२४ च ६३८१ नम्बरको बोलेरो र विपरित दिशाबाट आउदै गरेको रा १ ख ७६९ नम्बरको ट्रक ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी ट्रक चालक सल्यान जिल्लाको सारदा नगरपालिका ५ निवासी २६ बर्षीय घनश्याम बुढाथोकी, बोलेरो चालक मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका ९ निवासी २८ बर्षीय मनिष तिमिल्सिना र बोलेरोमा सवार २३ बर्षीय रन्जित माझी घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।




त्यसैगरी गएराति कावासोती १ रिठ्ठेपानी स्थित भित्रि सडकखण्डमा रिठ्ठेपानीबाट कावासोतीतर्फ आउँदै गरेको लु ३ त ६२१५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टन जाँदा ट्याक्टरमा सवार ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मध्यविन्दु–६ निवासी २४ बर्षीया सुनिता बोटे, ४५ बर्षीय लालमणि महतो र २५ बर्षीया लक्ष्मी कुमाल रहेका छन् ।




सम्बन्धित
Loading...