देशभर थपिए २,२३७ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु





काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।




नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ । तीमध्ये ९ हजार ७१३ जनाको मृत्यु भएको छ भने २४ हजार ५८४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका २ हजार ६८० जनामध्ये ६६६ जनाको आईसीयू र १६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३९४, प्रदेश २ मा ६६ तथा बागमती प्रदेशमा ६९५ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २३२, लुम्बिनीमा १०७, कर्णालीमा २६ र सुदूरपश्चिम प्रदेशमा १९ जना कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित ?

नयाँ संक्रमितमध्ये ६२४ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ४६८, ललितपुरका ८९ र भक्तपुरका ६७ जना छन् ।

यस्तै मोरङमा १८७, कास्कीमा ११४, सुनसरीमा ९४, बागलुङमा ७१, झापमा ६३ र रुपन्देहीमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार सप्तरीमा २९, नुवाकोटमा २६, कञ्चनपुरमा १६, स्याङ्जामा १३, रौतहट र गुल्मीमा १२/१२, सिरहा र धादिङमा ११/११ तथा गोरखा र नवलपरासी पूर्वमा १०/१० जना संक्रमित थपिएका छन् ।




सम्बन्धित
Loading...