पछिल्लो एक बर्षमा नवलपुरमा भएको अपराधिक गतिविधिको तथ्यांक सार्वजनिक
नवलपुर । पूर्वी नवलपरासीमा गत आर्थिक बर्षमा भएको एक बर्षको अपराधिक गतिविधिको तथ्यांक सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले आइतबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै यस्तो गतिविधि सार्वजनिक गरेको हो ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार नवलपुरमा कतिपय अपराधिक घटनामा कमी आएको छ भने कतिपय अपराधिक घटनामा भने वृद्धि भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार कतव्र्य ज्यान उद्योग, चोरी, लागुऔषध, जुवा, बहुविवाह, जबरजस्ती करणी, जस्ता अपराधका घटनाहरु भने बढेको पाइएको छ ।
मल्लका अनुसार महिला हिंसाका कतिपय घटनाहरु समाजले सामान्य रुपमा लिने गरेका कारण त्यस्ता घटना अझै प्रहरी वा अदालत सम्म नआउने गरेको समेत उनले बताए ।
कार्यक्रम नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको प्रमुख आतिथ्यतामा भएको थियो ।