कावासोतीमा थप एक जना संक्रमितको निधन, सक्रिय संक्रमित २९६
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा १ जना संक्रमितको निधन भएको छ ।
कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कावासोती ८ निवासी ७० बर्षीया महिलाको निधन भएको हो ।
साउन १ गते कोरोना पोजेटिभ देखिएका ति महिलाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेकोमा आइतबार साँझ अवस्था थप जटिल बने पछि उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै निधन भएको हो ।
यो सहित कावासोतीमा कोरोनाका कारण ३७ जनाले ज्यान गुमाई सकेका छन् ।
त्यसैगरी कावासोती नगरपालिकामा पछिल्लो २४ घण्टामा ५२ जना नयाँ संक्रमित थपिएका छन् भने ७ जना निको भएका छन् ।
कावासोतीमा पछिल्लो तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या २ सय ९६ जना रहेका छन् ।