नवलपुर मासु व्यवसायी संघ गठन





गैँडाकोट, साउन ११ । जिल्लामै पहिलो पटक नवलपुर मासु व्यवसायी संघ गठन गरिएको छ ।

राज्यले मासु व्यवसायीहरुलाई वेवास्ता गरेको र दिनुपर्ने सेवा सुविधाबाट समेत बन्चित हुँदा सवै मासु पसल व्यवसायीहरु एक जुट हुन संघ गठन गरेको व्यवसायीहरुले बताएका छन् ।




अहिले तत्काललाई गैँडाकोटका मासु व्यवसायीहरुको भेलाबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।  जित वहादुर श्रेष्ठको अध्यक्षतामा बसेको भेलाले दिपक पाण्डेलाई अध्यक्षतामा चयन गरेको छ ।

उपाध्यक्षमा रमेश भट्टचन, महासचिवमा दिनेश राज न्यौपाने, सचिवमा नारायण कडेँल, कोषाध्यक्षमा जित वहादुर श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अमरसिँह कुमाल, चोकबहादुर गाहा मगर, डम्वर गौतम, नवराज लामिछाने, धनबहादुर चितौरे, टिका खत्री र सुनिता गुरुङ रहेका छन् ।




सम्बन्धित
Loading...