कावासोतीका छात्राहरुलाई १ लाख बढी सेनेटरी प्याड प्रदान
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका छात्राहरुलाई लक्षित गरी १ लाख २९ हजार २ सय ५० थान सेनेटरी प्याड वितरण गरिएको छ ।
संघीय सरकारको छात्रा शैक्षिक प्रबद्र्धन कार्यक्रम अन्तरगत ४० वटा सामुदायिक विद्यालय, कुमारी नीजि शैक्षिक गुठी र समता शिक्षा निकेतन गरी ४२ वटा विद्यालयका किशोर उमेरका छात्राहरुलाई लक्षित गरी सनेटरी प्याड वितरण गरिएको हो ।
निकट भविष्यमै विद्यालयमै भौतिक रुपमा उपस्थित भएर विद्यार्थीहरु पढ्ने वातावरण तयार हुने भएकोले उक्त सेनेटरी प्याड विद्यालयको प्रधानाध्यापकलाई नगरपालिका शिक्षा शाखाले जिम्मा लगाएको कावासोती नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति तिर्थ कंडेलले बताए ।
संघीय सरकारको करिब १६ लाख बजेटमा उक्त सेनेटरी प्याड विद्यालय विद्यालयमा प्रदान गरिएको कंडेलले बताए ।
