अवैध नदीजन्य वस्तु चोरी गर्ने १६ ट्याक्टर प्रहरी नियन्त्रणमा




नवलपुर । पूर्वी नवलपरासीमा अवैध रुपमा नदीजन्य वस्तु निकासी गरिरहेका १६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विनयी त्रिवेणी गाउँपालिका २ विनयी खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी गर्दै गर्दा गएराति १६ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।




प्रहरीले लु २ त ९७२५, लु ६ त ९६१२, लु ४ त ३४१९, लु ३ त १६०९, लु ४ त ८३१, ना ७ त ३०६९, लु २ त १४३१, ना ४ त ५४७४, प्र २–०३–००१ त २६५५, ना ७ त २१५०, लु ४ त ७१९६, लु ३ त ५६१५, लु ३ त ६७७८, एउटा अनटेष्ट र २ वटा नम्बर नखुलेको ट्याक्टर सहित १६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 



सम्बन्धित
Loading...