७ लाख नगदसहित ११ जना जुवाडे पक्राउ


काभ्रे, साउन १३ । जिल्ला प्रहरी कार्यालय काभ्रेले नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।



मंगलबार साँझ बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।




उनीहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...